कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडाैँ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान सुदुरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना  रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

बिज्ञापन

 सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।

शुक्रबार प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।