नेप्सेमा २ फाइनान्सको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २२ गते, बिहिबार) २ फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४१ रूपैयाँ ९७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बिज्ञापन

कम्पनीको सत्ताइसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५४ रूपैयाँ ४५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९९ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।