कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिममा उच्च सतर्कता

पछिल्ला केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेसँगै प्रदेश सरकारले सर्तकता अपनाउन थालेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिममा पनि त्यसको असर बढेको भन्दै सरकारले रोकथाम तथा नियन्त्रणको तयारी अपनाउन थालेको हो ।

बिज्ञापन

शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेश कोभिड–१९ सङ्क्रमण रोकथाम तथा व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहमा आइसोलेसन सेन्टर विस्तार गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।