महोत्तरीमा घाँस काट्न गएका ७ जना बालिका र युवती बेपत्ता

महोत्तरीको धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका र युवती बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रञ्जना पासवान र १० वर्षीया सीमा पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किदा खोजतलास सुरु गरेको प्रहरीको भनाइ छ ।

बिज्ञापन