ओलीले भने : नक्कली ज्वाइँ खडा गरेर भ्रष्टाचार छोप्दै सरकार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटीको बतास प्रकरणमा आफ्नो नाम आएपछि आक्रोस व्यक्त गरेका छन् । गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले सरकारले आफ्नो भ्रष्टाचारलाई लुकाउन नक्कली ज्वाईँ खडा गरेको आरोप लगाएका छन् ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएपछि उक्त प्रकरणमा ओलीको पनि नाम मिडियामा आएपछि टिप्पणी गरेका छन् ।

बिज्ञापन

उक्त प्रकरणमा आफ्नो धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताएका छन् ।

अध्यक्ष ओलीले नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको समेत बताएका छन् । ओलीले सरकारले नारायणहिटी ख्वाप्पै खाएको समेत टिप्पणी गरेका छन् ।