चीन फेरि फैलियो कोरोना, संघाई बढी प्रभावित

एजेन्सी । चीनमा फेरि तिव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ।

सोमबार देशभर कुल १६ हजार ५ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा १ हजार २ सय ३५ जना संक्रमणको लक्षण पाइएको छ भने १५ हजार ३५५ जनामा भने कुनै लक्षण देखिएको छैन।

चीनको व्यवसायिक शहर संघाईमा धेरै प्रभावित भएको छ ।

चीन सरकारका अनुसार मंगलबार संघाईमा १३ हजार ८६ नयाँ कोरोना भाइरस संक्रमण पाइएको छ जसमा संक्रमणको लक्षण छैन।