
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ३६ नमुना परीक्षण गरिएको थियो । आज २७८ संक्रमित निको भएका छन् ।

यस्तै, बुधबार कोरोनाबाट २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौं उपत्यकामा १५३८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।हाल देशभर ११ हजार ६९० सक्रिय संक्रमित छन् ।
बिज्ञापन



