ससुराली मै गएर खुकुरी प्रहार सासु ,सालो र श्रीमती घाईते

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका नुवाकोटमा एक व्यक्तिको खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा भूमिकास्थान १८ वर्षीया गीता घर्ती, ४३ वर्षीया भुमकला क्षेत्री र ११ वर्षीय अर्जुन क्षेत्री छन् । गीताका श्रीमान् भूमिकास्थान नगरपालिका–७ खमारीबासका २७ वर्षीय चिरन घर्तीले खुकुरी प्रहार गरी श्रीमती, सासू र सालो घाइते बनाएका हुन् ।

बिज्ञापन

उनले ससुरालीमै गएर तीनैजनामाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

खुकुरी प्रहार गर्ने घर्ती फरार  छन् । घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएको थियो ।

बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती गीता माइतमा बस्दै आएकी थिइन् । फरार रहेका घर्तीको प्रहरीले खोजी गरिरहेको छ ।