पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी

चितवन- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा सञ्जय चौधरीले विजयी भएका छन् ।

बिहिबार चितवनको सौराहामा जारी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको छैटौं महाधिवेशनबाट चौधरी बुक डिपो धनगढीका सञ्चालक समेत रहेका चौधरी अध्यक्षमा विजयी भएका हुन् ।

उनले २६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नवराज ढकालले १७१ मत पाए । अध्यक्षका अर्का प्रत्यासी मातृका शिवाकोटीले ३५ मत प्राप्त गरेका छन् ।

चौधरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सुदूर पश्चिम क्षेत्रीय समिति र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलाली जिल्लाका संस्थापक अध्यक्ष हुन् ।

उनले महासंघको केन्द्रीय समितिमा प्रथम उपाध्यक्ष र सल्लाहकारका रुपमा भूमिका निर्बाह गरिसकेका छन् । चौधरी ६० वर्षअघि धनगढीमा स्थापित चौधरी बुक डिपोका सञ्चालक हुन् ।

No description available.