कोशी टप्पुमा ठुलो संख्यामा गाई गोरु मर्नुको कारण यस्तो……

विराटनगर । कोशी टप्पुमा केही दिनअघि मृत भेटिएका गाई गोरुमा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु फेला परेको छ ।

वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका ४४ वटा चौपायाको रगत परिक्षण गर्दा ती जीवाणुहरु भेटिएका हुन् ।

बिज्ञापन

विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालाका डाक्टर संजयकुमार यादवका अनुसार उक्त जिवाणु माटोमा रहने र घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै रोग सर्ने गर्दछ ।

मरेका पशु छुँदा, स्वास लिँदा र जिवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिस पुग्दा जिवाणु शरीरमा प्रवेश गर्छ भने यसले मानिसलाई समेत संक्रमण गर्न सक्छ ।

बराहक्षेत्र ६ र ९ मा गाईगोरु मृत फेला परेका हुन् । मृत पशुहरुको नाक, मुख, कान र आँखाबाट रगत बग्ने र पेट फुल्ने लक्षण देखा परेको थियो । मृत चौपायालाई तत्कालै खाल्डो खनेर गाडीएको थियो ।

बिराटनगरस्थित ल्याबबाट परीक्षणका क्रममा एन्थ्रेक्स प्रमाणित भैसकेको बताउँदै डाक्टर यादवले केन्द्रीय ल्याब काठमाण्डौंमासमेत नमुना पठाइएको बताए ।

यो जीवाणुले आरक्ष भित्रका अर्ना सहितका जनावरलाईसमेत हानी गर्न सक्ने सम्भावना छ ।