
भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रंगशालाजस्ता स्थानमा पनि खोपकार्ड अनिवार्य गर्ने व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निकायले निर्देशन दिइसकेको छ । सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोपकार्ड अनिवार्यको घोषणा गरिसकेको छ ।

तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रूपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ ।
बिज्ञापन



दुवैखोप लगाउन नपाएकाहरू सार्वजनिक सेवा लिनबाट बन्चित हुनसक्ने देखिएको छ । प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १९ लाख २१ हजार २६८ मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
