
भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्कअनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा नेपालबाट एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ ।
चालू वर्षको साउनदेखि मङ्सिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।
कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।
ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्पी प्रयोग गर्छन् । यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा ८५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।