पोखरा उडेको जहाज यसकारण फर्कियो काठमाडौं : यात्रुहरू अलपत्र

पोखराका लागि आइतबार बिहान १० बजे उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ ।

जहाज उडेपछि प्राविधिक समस्या देखिँदा  काठमाडौंमा नै  अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए ।

बिज्ञापन

जहाज काठमाडौं फर्किएपछि अलपत्र यात्रुहरूलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको छ ।