
टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन भएको छ ।

बुधबार राति मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो ।
बिज्ञापन



अस्पतालका अनुसार अछामको रामारोशन निवासी विश्वकर्माको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

जातीय विभेदका विषयमा कलम चलाउने पत्रकार विश्वकमा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत थिए ।