अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन — पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको  छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

बिज्ञापन

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो ।

तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो ।

सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए । झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको थियो ।

सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।