
काठमाडौं : अन्य दिनको तुलनामा नेपालमा आज कोरोना संक्रमितको संख्या घटेको छ ।

पछिल्लो २४ घन्टामा आज १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बिज्ञापन



२३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।