सुजी र मैदाको निर्यात रोक्दै भारत

भारतले सुजी र मैदाको निर्यात प्रतिबन्ध लगाउने भएको छ । भारत सरकारले यही साउन २९ गतेदेखि लागू हुने गरेर सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।यसअघि, भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धपछि भारतबाट सुजी र मैदाको निर्यातमा ह्वात्तै वृद्धि आएको थियो ।

भारतको व्यापार महानिर्देशनालय (डीजीएफटी)ले जारी गरेको निर्देशनअनुसार सुजी र मैदाको निर्यातमा अनुमति आवश्यक पर्ने छ ।भारत सरकारले एक महिना अघि आँटाको निर्यात पनि रोकिसकेको छ । गहुँको निर्यात रोक्दा त्यसको प्रभावस्वरूप आँटाको निर्यात बढेको थियो । निर्यात बढेपछि सरकारले सूचना नै जारी गरेर आँटाको निर्यात प्रतिबन्ध लगाएको थियो ।

बिज्ञापन