कैलाली जिल्ला प्रशासन कार्यालयको अत्यावश्यकबाहेकका सेवा बन्द

कैलाली : कैलाली जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

सुचना अधिकारी शिवराज जोशीका अनुसार कोरोनासंग मिल्दो लक्षण देखिएका २३ जना कर्मचारीको नमूना परिक्षण गराउँदा १५ जनामा कोरोना देखिएको छ ।

बिज्ञापन

कर्मचारीमा कोरोना देखिएपछि कार्यालयले सुचना जारी गर्दै अन्त्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको उनले बताएका छन् ।

साथै अन्य कर्मचारीमा पनि लक्षण देखिएकाले परिक्षणको तयारी गरिएको छ ।

साथै अत्यावश्यकको सेवा लिन आउनेलेपनि तोकिएको स्वास्थ्य सुरक्षालगायत मापदण्डको पुर्ण रुपमा पालन गर्नुपर्ने छ ।