न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने ८ उद्योगविरुद्ध मुद्दा दर्ता

विराटनगर । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजाँदै गरिएको १५६ किलो गाँजा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाँटदेखि प्रहरीले गाँजासहित १ जनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) रानी विराटनगरले शुक्रबार राति प्रदेश १–०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा काउली बोकेर भारततिर गइरहेको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो। गाडीमा बन्दाकोभीका बोरा मुनी ६ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो।

प्रहरीले चेकजाँचपछि गाँजा भेटिएको मिनिट्रक, चालकसहित सम्पूर्ण सामान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय रानीले चालक राईलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।