एस्इई परीक्षा वैशाखमा हुने, कक्षा १२ को जेठमा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसइई आगामी वैशाखमा र कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले एस्इई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यसै साता परीक्षाकाे तालिका सार्वजनिक गरिनेछ ।