
स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएअनुसार मङ्गलबारसम्ममा अमेरिकाबाट थप ४० लाख डोज खोप नेपाल आउने भएको छ।

तीमध्ये सोमबार राति १६ लाख ६० हजार डोज र बाँकी २३ लाख ४० हजार डोज खोप मङ्गलबार बिहान नेपाल आइपुग्ने छ ।
बिज्ञापन



महाशाखाका प्रमुख सुरेन्द्र चौरासियका अनुसार विश्व बैंकको सहयोगमा नेपाल सरकारले खरिद गरेकोमध्येको खोप मङ्गलबार आउन लागेको हो। यसअघि नै नेपालमा ३६ लाख डोज मोडर्नाको खोप नेपाल आइपुगिसकेको छ।

त्यसमध्ये केही दातृराष्ट्रको सहयोगमा आएको थियो। खोप आइपुगेलगत्तै १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप अभियान सुरु गर्ने तयारी गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए।