१४ वर्षे किशोरले गरे आमा सहित ४ जनाको हत्या

एजेन्सी : एक १४ किशोरले आमा सहित चार जनाको हत्या गरेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तमा पब्जी खेल्दा गालि गरेको भन्दै आमा सहित परिवारका ४ जनाको हत्या गरेका हुन् । काहना इलाकामा अघिल्लो हप्ता ती किशोरले ४५ वर्षीया नाहिद मुबारक, दाजु २२ वर्षीय तैमुर, १७ वर्षीया दिदी र ११ वर्षीया बहिनीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार १४ वर्षीय बालक पब्जी खेलको लत लागेको र खेलकै प्रभावमा आमा र परिवारका अन्य सदस्यको हत्या गरेको स्वीकार उनले गरेका छन् ।

लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीले नाहिद मुबारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोछ पुगेको हुनसक्ने बताएको छ ।

दिनभर पब्जी खेल्ने गरेकाले आमाले गाली गरेपछि आलमारीमा भएको आमाको पेस्तोल निकालेर उनले सबै परिवारका सदस्यको हत्या गरेका थिए ।