
महेश सिंह सिरहा लहान १५ माघ-वैदेशिक रोजगारीमा गएका युवाको २ महिना नबितदै खाडि मुलुक कतारमा काम गर्दै गर्दा माटोको डिस्कोमा पुरीएर कतारमै मृत्युु भएको थियो।सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ बस्ने बिक्रम यादवको कान्छो छोरा बर्ष २५ को रोशन कुमार यादवको मृत्यु भएको थियो।

बिदेश जाने क्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराएका थिए। यादव १० लाखको वैदेशिक रोजगार म्यादी बिमा गराएका थिए। बिहीवार छोरा गुमाएका पीडित दुलारी यादबनी लाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले माछापुच्छ्रे बैंकको चेक नम्बर १३०१६०४६४ भएको चेक हस्तान्तरण गरेका छन्।



वैदेशिक रोजगारीको लागि २ महिना पहिले अलजाबट इन्जिनियरिङ्ग कम्पनीमा कतार गएका थिए। बिदेशको सपना पुरा नहुँदै २०७८(७(७ गते कतारमै मृत्यु भएको थियो।
पीडित दुलारी यादबनीलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले अफिसमै बोलाए र नेपाल पोस्ट दैनिक र गोर्खा टेलिबिजनका सिरहा सम्बादाता पत्रकार महेश सिंहको रोहवरमा पीडित यादबनीलाई १४ लाखको चेक हस्तान्तरण गरेको छ।

मृतकको दाजु रामरिझन यादव र भिनाजु रामदुलार यादवको रोहवरमा चेक दिएका हुन।क्रिया खर्च १ लाख गरी जम्मा १४ लाखको चेक हस्तान्तरण गरेको छ।