साताको सुनचाँदी मूल्य : सुन स्थिर, चाँदी घट्यो

यो सातामा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले साताभरको सुनचाँदीको मूल्य सार्वजनिक गर्दै सुनको भाउ स्थिर र चाँदीको भाउ ओरालो लागेको जानकारी दिएको हो ।गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सम्ममा सुनचाँदीको मूल्य यस्तो कायम भएको हो । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।साताको पहिलो कारोबार दिन आइतबार तोलामा १०० रुपैयाँले बढेर कारोबार सुरू भएको थियो । यस्तै, सोमबार ४०० रुपैयाँले बढेको सुन मंगलबार स्थिर कायम थियो । त्यसयता, बुधबार पुनः तोलामा १०० रुपैयाँले बढेर कारोबारमा आएको थियो ।

जुन, विहीबार तोलामा ३०० र शुक्रबार पनि ३०० रुपैयाँले घटेर गत साताको शुक्रबारकै मूल्य कायम भएको हो ।यसैगरी, यो साता चाँदीको मूल्यमा भने भारी गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १ हजार २४० रुपैयाँ कायम चाँदीको मूल्य शुक्रबारसम्ममा प्रतितोला ३० रुपैयाँले घटेको हो । जसअनुसार, चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।