
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन



त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार यता चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।