
बिर्तामोड, । बुबाले चलाएको ट्याक्टरले किचेर
कन्काई नगरपालिका ७ दुर्गापुरमा छोरीको मृत्यु भएको छ ।

कन्काई ७ दुर्गापुरमा शनिबार दिउँसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ वर्षीय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
बिज्ञापन



दुलालको मे १ त ७५९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलिरहेकी आफ्नै छोरीलाई किचेको थियो ।

छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले बताए ।
हाल ट्याक्टरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।