भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

हेटौंडा : भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको रुपमा रहेो यो सडक खण्ड शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको हो ।

शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सडक सञ्चालनमा आएको भएपनि पुनः अवरुद्ध भएको छ। भीमफेदी गाउँपालिका–६, देउरालीनजिक पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।

बिज्ञापन

पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी परिरहेकोले समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।