बाजुरा अस्पतालमा शव वाहन र एम्बुलेन्स सञ्चालनमा

बाजुरा : जिल्ला अस्पताल बाजुराले शव वाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शव वाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए।

बिज्ञापन

भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शव वाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए।

शव वाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६/७७ मै बजेट विनियाेजन भए पनि खरिद गर्न सकिएकाे थिएन।  हाल फेरि बजेट आएपछि खरिद गरिएकाे हाे ।