सांसदलाई मार्न पचास लाखको सुपारी, हिन्दु राज्य मागको आन्दोलन डगमगाउला त?

 

बिज्ञापन

 

विर्तामाेड: राप्रपाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ला सांसद हुन् राजेन्द्र लिङदेन । झापा क्षेत्र नं ३बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

लिङदेन सामाजिक सञ्जाललाई सूचना आदान प्रदान र समसामायिक विषयमा विचार विमर्श प्रदान गर्ने थलो ठान्छन् र त्यहि अनुरुप प्रयोग पनि गर्छन् ।

 

सोमबार रातको ११ः ३० मा लिङ्देनले एउटा ट्वीट पोष्ट गरे । तर त्यो ट्वीट सधैंको भन्दा फरक थियो ।

धेरैले उनको यो ट्वीट राप्रपाको जारी आन्दोलनलाई लिएर भएको भनि अड्कलबाजी गरे । किनकी सोमबारनै राप्रपाले आयोजना गरेको विरोध प्रदर्शनमा देशभरबाट दर्जनबढी कार्यकर्ता पक्राउ परेका थिए ।

 

जसका कारण केन्द्रिय अध्यक्ष कमल थापा, राप्रपाको महामन्त्री समेत रहेका लिङ्देन र पार्टीका अन्य नेता अलिक तनावमै थिए ।

 

तर खबरमञ्चले लिङदेनसंग सम्पर्क गरि बुझ्दा ट्वीट बारेको अर्कै तथ्य पत्ता लाग्यो ।

 

दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको छ, ‘तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ । ‘

 

घरि एउटा आवाजबाट तर घरि अर्को आवाजबाट धम्की आइरहेको थियो ’, लिङ्देनले भने ।

 

त्यहि कारणले करिब एक सातादेखि तनावमा रहेका लिङदेनले उक्त कुराबारे लिखित उजुरी कतै दिएका छैनन् तर प्रहरीलाई खबर भने गरिसकेका छन् । प्रहरीले पनि घट्नाको अनुसन्धान थालिसकेको छ भने झापाबाट एक जनालाई पक्राउ पनि गरिसकेको छ । तर, ती व्यक्तिले लिङ्देनलाई त्यसरी फोन गर्नुको कारण भने खुलेको छैन ।

 

प्रहरीले घट्नाको थप अनुसन्धान भइरहेको जनाएको छ ।