एमसीसी सम्झौता संसदबाट सर्वसम्मतिले पारित गरौं : बाबुराम भट्टराई

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । अन्यथा एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने उनले चेतावनी दिए।

पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले समाजिक सञ्जाल मार्फत एमसीसी पारित नभए देश थप कंगाल हुने दाबी गर्दै शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भनेर सचेत पनि गराएका छन् ।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऊँ’, डा. भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्। देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’