
काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणले १२ जिल्लाका प्रहरी प्रमुखसँग फोनवार्ता गरेका छन् । गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, धनुषा, सप्तरी, सिरहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर, र रौतहटका प्रहरी प्रमुखसँग आज बिहान टेलिफोनवार्ता गरेका हुन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार खाणले जिल्लाको शान्ति सुरक्षा, कोरोना प्रभाव र प्रहरीको रासन भत्ताबारे प्रहरी प्रमुखसँग छलफल गरेका हुन् ।
बिज्ञापन



साथै खाणले प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहरको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारे जानकारी लिएको प्रहरी प्रमुखहरूले जानकारी दिएका छन् ।

साथै तराईका जिल्लाका प्रहरी प्रमुखसँग खाणले तराईमा सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका हुन् ।