
सुनसरी : लागु औषध ब्राउन सुगर सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट ३१ ग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको १ प्रदेश नम्बर प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

उनीहरूलाई आज संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार धरान-१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर पक्राउ परेका हुन् ।
बिज्ञापन



यसैगरी धरान-१९ का २६ वर्षीय जनम मगर, धरान-३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजीव मगरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान अघि बढाएको छ ।
