
काठमाडौ। बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावितलाई जाजरकोटका युवाले राहत संकलन गरेर पठाएका छन् ।हावाहुरीले घरवारविहीन भएका पीडितलाई युवाहरुले संकलन गरेको लत्ताकपडा, जुता, चप्पल जिप्रका मार्फत पठाएका हुन्।
यसैबीच झापा गौरादहका युवाहरु पनि प्रभावित क्षेत्रमै पुगेर राहत बाडेका छन् । खाद्यान्न तथा अति आवश्यक सामग्री सहितको टोली हिजो मंगलबार त्यस तर्फ प्रस्थान गरि राहत बाडेको हो।
केदार खड्का, प्रकाश बाँस्कोटा, भुवन खड्का, अर्जुन बर्देवा, लगायतका युवाले स्थानीय व्यापारी र अन्य सहयोगी हातबाट खाद्य सामग्री सहयोग संकलन गरेका थिए। उक्त टोलीमा रहेका केदार खड्काले बारा र पर्साको दुःखमा झापा पनि दु:खित रहेको सन्देश यो सहयोगले दिएको बताए।
यसैबीच नेपाल निजामति कर्मचारी संगठनले २३ हजार रुपैयाँ मुख्यमन्त्री राहतकोषमा पठाएका छन्।