
काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बुधबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।
बिज्ञापन



नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी फेरि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले तथा आन्तरिक हवाईइन्धनमा प्रतिलिटर रु.१० र अन्तर्राष्ट्रिय हवाईइन्धनमा अमेरिकी डलर १०० ले वृद्धि गरेको थियो।

उक्त मूल्यवृद्धिको आफ्नो सङ्गठनले घोर विरोध एवम् निन्दा गर्ने विज्ञप्तिमा उल्लेख छ।