स्थगित लोकसेवा आयोगका परिक्षा फागुन ६ गतेदेखी

काठमाडौँ : कोरोना संक्रमणका कारण स्थगित लोकसेवा आयोगका परिक्षा फागुन ६ गतेदेखी पुनस् सुरु हुने भएको छ ।

आयोगले सुचना निकालेर परीक्षको तालिका सार्वजनिक गरेको हो ।

बिज्ञापन

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक÷प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जानकारी दिएको छ ।