कर्णाली प्रदेश सरकारले पूर्णता पाउँदै, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं — कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ ।

कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

बिज्ञापन

आइतबार माओवादीबाट गैरसांसद कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई मन्त्री बन्दैछन् । त्यस्तै एकीकृत समाजवादीका पदम रोकाया मन्त्री बन्नेछन् ।

त्यस्तै, नेपाली कांग्रेसका यज्ञबहादुर बुढा क्षेत्री र हिमबहादुर शाही मन्त्री बन्न लागेका छन् । योसँगै कर्णाली मन्त्रिपरिषद् ८ सदस्यीय हुनेछ ।

शाहीको मन्त्री मण्डलमा यसअघि माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।