
काठमाडौं- नेकपा (एमाले)ले आज पत्रकार सम्मेलन गर्दै छ । बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
एमालेले समसामयिक राजनीति र स्थानीय तह निर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीति र स्थानीय निर्वाचनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिने जनाइएको छ ।