
काठमाडौं : काठमाडाैं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले काेभिड-१९ विरुद्धको फाइजर खाेपकाे दोस्राे डोज आजदेखि लगाउन पाउने भएका छन् ।

पहिलाे डाेज लगाएकाे तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डाेज लगाउन पाउने भएका हुन् ।
बिज्ञापन



महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ ।

स्वास्थ्य सुरक्षााको मापदण्ड पूरा गरी खोप लगाउने व्यवस्था गर्न पनि विद्यालयहरूलाई अनुरोध गरिएको छ।शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।