

भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको हकअधिकारको सुनिश्चितताको लागि राज्य र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र्याली निकालिएको बताइएको छ।
बिज्ञापन



सो क्रममा र्यालीमा सहभागीहरुले बसोबासको आधारमा देशव्यापी रुपमा सबैलाई लालपूर्जा वितरण गर्नुपर्ने माग राखेका छन्। त्यस्तै, जबरजस्ती उठिबासको विरोध गर्दै उनीहरुले बिना विकल्प सुकुम्बासी समुदायलाई हटाउन नहुने बताए। सुकुम्बासी समुदायसँग छलफल गरेर त्यो बस्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विकल्प खोज्न उनीहरुको माग थियो।

र्यालीमा सहभागी नेपाल बसोबास बस्ती समाजकी केन्द्रीय कोषाध्यक्ष स्मिता आचार्यले चुनावअघि नै उपत्यकामा भूमि आयोग गठन गरेर काठमाडौंमा लालपूर्जा वितरणको अभियान सुरु गर्नुपर्ने बताइन्।