
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध बतास फाउण्डेसनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सर्वोच्च प्रशासनले दायर रिट दर्ता गर्न भने बाँकी रहेको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले ‘दनेपालटप’लाई बताए ।
बिज्ञापन



उनका अनुसार फाउण्डेसनका सञ्चालक आनन्द बतासले बुधबार रिट दायर गरेका हुन् ।

रिटमा उनले बतास फाउण्डेसन अन्तर्गतको बीपीएस लिजिङ कम्पनीले नारायणहिटी दरबार क्षेत्रमा निर्माण गरेको क्याप्टेरिया सञ्चालनसम्बन्धी संरचना भत्काउने र एकतर्फी कम्पनीसँग भएको सम्झौता तोड्ने मन्त्री आलेको निर्णयलाई अन्तरिम आदेशमार्फत् खारेजीको माग गरेको बताइएको छ ।