अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट दुई जना पक्राउ

जनकपुरधाम । जनकपुरधामबाट दुई युवा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोतरीको जलेश्वर नगरपालिका-९ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोतरीको मनरासिसवा नगरपालिका-१ घर भई जनकपुरधाम-८ मा बस्दै आएका १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिज्ञापन

दुवैजनालाई शनिबार राति १ बजे गोप्य सूचनाको आधारमा जनकपुरधाम-१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । प्रहरीले ईन्द्रेशको बायाँ कम्मरमा पाइन्टको पेटीभित्र लुकाई राखेको अवस्थामा पेस्तोल बरामद गरेको हो ।