
काठमाडौं । सर्वोच्च अदालतको सेवा फागुन १ गतदेखि नियमित सञ्चालन हुने भएको छख। सर्वोच्चले बुधबार एक सूचना जारी गर्दै फागुा १ गते आइबारदेखि अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु नियमित रुपमा सुचारु हुने जनाएको हो ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ २८ सम्म अदालतको सेवा संकुचन गरिएको थियो ।
बिज्ञापन



माघ ५ देखि बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसबन्धी सुनुवाइमात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ १८ हुँदै २८ गतेसम्म सेवा संकुचन गर्दै आएको थियो ।

सेवा संकुचनको क्रममा सर्वोच्चले मुलुकी फौजदारी संहिता, फौजदारी कार्यविधिबमोजिम थुनामा रहेका व्यक्तिको निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिखको सेवा दिएको थियो ।