महाअभियोग प्रस्ताव दर्तापछि प्रहरी उच्च सर्तकतामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै प्रहरी ‘हाई अलर्ट’मा बसेको छ ।

महाअभियोग प्रस्ताव दर्तापछि उत्पन्न हुन सक्ने घटनाक्रमलाई लिएर प्रहरी ‘हाई अलर्ट’मा बसेको हो ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालयले काठमाडौंसहित देशभरका प्रहरी कार्यालयलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको हो ।
आइतबार मात्रै सत्ता गठबन्धनका तर्फबाट संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराइएको हो ।

प्रस्ताव दर्ता गराउन सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद गगन थापा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठलगायत नेताहरू संसद् सचिवालय पुगेका थिए ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले हस्ताक्षर गरी महाअभियोग प्रस्ताव दर्ता गराइएको हो ।