अवैध ल्याउँदै गरेको करिब ५ किलाे सुन जस्तो देखिने ठोस पदार्थ सहित एकजना पक्राउ

अवैध रूपमा ल्याउँदै गरेको करिब ४ हजार ८४० ग्राम सुन जस्तो देखिने अर्ध ठोस पदार्थ सहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३६ वर्षीय चाङ ली नामक  चिनियाँ नागरिक रहेका छन्।

शनिबार हिमालय एयरको उडानद्वारा काठमाडौं आएका थिए।

प्रहरीका अनुसार उनले अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय आगमन तर्फको टनेल गेट नजिक जाँच गर्ने क्रममा ४ वटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएका थिए।

यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।