चिरपट प्रहार गरी ७० वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं । ७० वर्षीय आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।

७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा उनले आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो।