आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। 

दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिज्ञापन

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको आँकलन छ । सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।