कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

 दिउँसो प्रदेश १ काे पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ।

साे प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भूभागमा मौसम सामान्य रहनेछ।

शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।