एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी : गुरुङ

काठमाडौं। नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी भएको बताएका छन्।

उनले एमसीसी सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले सत्ताबाहिर हुँदा राष्ट्रघात हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका समेत व्यक्त गरेका हुन्।

बिज्ञापन

उनले एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न आह्वान समेत गरेका छन्।

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै कांग्रेसका उप-सभापति धनराज गुरुङले विदेशी हस्तक्षेपलाई अस्वीकार गरी यसवारे निर्णय लिनुपर्नेमा जोड दिए।