

साथै अमेरिकी सहयोग परियोजना एमसीसी पास नभए मुलुक गम्भीर आर्थिक संकटमा फस्ने चेतावनी दिएका समेत दिएका हुन् । उनले एमसीसी नेपालबाट फिर्ता गए अमेरिकाले विश्व बैंक, युरोपियन युनियनलगायत दातृ मुलुक र निकायबाट प्राप्त हुने अनुदान र सहयोग रोकिदिने दाबी गरेका छन् ।



विदेशी सहयोग र अनुदान रोकिए नेपाल गम्भीर आर्थिक संकटमा फस्ने डा.कोइरालाको भनाइ थियो । एमसीसी फिर्ता जाँदा अहिले श्रीलंका गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको उनको भनाइ थियो ।

कोइरालाले चिनियाँ अनुदानका रुपमा रहेको विआरआईसँगै एमसीसीलाई पास गर्नुपर्नेमा जोड दिएका छन् । एमसीसीका नाममा अमेरिकी सेना नेपालमा आउने भनेर सम्झौतामा कतै पनि नलेखेको समेत उनले प्रष्ट पारेका छन् । कोइरालाले एमसीसीका बारेमा गलत प्रचार भइरहेको बताएका छन् ।
शक्तिराष्ट्रसँगको सम्बन्धलाई सन्तुलित रुपमा अगाडि नबढाए नेपाल विदेशीको क्रिडास्थलका रुपमा परिणत हुने चेतावनी दिएका छन् ।
उनले विकास निर्माण तथा नेपालको गरिबी निवारण गर्दै लोकतन्त्रलाई बलियो बनाउन एमसीसी परियोजनाको लक्ष्य रहेको उल्लेख गरेका छन् ।
परियोजना आउँदैमा नेपालमा अमेरिकन तथा विदेशी सेना आउने कुरा एमसीसीको कुनै पनि बुँदामा उल्लेख नभएको उनले प्रस्ट्याएका छन् ।