
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-४ को जंगलमा भेटिएको शवको पहिचान खुलेको छ ।

सुनसरी प्रहरीका अनुसार झापा दमक नगरपालिका-५ का ४३ वर्षीय दिनेश सिग्देलको बीभत्स हत्यापछि शव जंगलमा फालेको खुलेको हो ।
बिज्ञापन



४ फागुनमा धरानको सामुदायिक वनमा सिग्देलको शव जेब्रा झोलामा टाउको र हातखुट्टा छुट्टाछुट्टै हालेर फालेको अवस्थामा भेटिएको थियो ।

सिग्देलको शव पहिचान नभएपछि प्रहरीले शवको स्केच बनाएर सार्वजनिक गरेको थियो ।
सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेको प्रहरीले जनाएको छ । सिग्देल केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएको पनि खुलेको छ ।